मधुसूदन प्रसाद धिमिरे
सुरिलाे छ रुख
चढनलाई दुःख
हागा कमि रुख
नरिवलकाे रुख।
दूध, पानी दिन्छ
सितलता दिन्छ
उपयाेगी रुख
मन मान्छ सुख।
जगल्टे छ फल
फाेर्दा लाग्छ बल
याे भित्रकाे पानी
देहलाी सित्तल।
नरिवलकाे बलि
भगवानमा चढी
देवता पितृ सबै
नैबेद्य फल चढी।
दुई पत्रे छ लुगा
देख्दा दुई आँखा
कलिलाेमा पानी
डेङ्गु राेगीले खाने।
दाँत बलिया हुँदा
नरिवल चपाउँदा
मिश्री साथी हुँदा
सबै खुशी हुँदा।