निभ्नलागेको आगो

57 kj{ bdf}nL, !^ sflQs -/f;;_ M ;"o{sf] cf/fwfgf u/L dgfOg] 57 kj{sf] cj;/df zlgaf/ bdf}nLl:yt dfbL gbL lsgf/df k"hfcr{gf ub}{ eQmfn' . ;Gtfg k|flKt, lg/f]lutf, ;'v, ;d[l4 / rd{/f]u lgsf] x'g] hgljZjf; cg'?k kf/:kl/s cfTdLotf / ;befjsf] k|tLssf] ?kdf of] kj{ dgfOG5 . t:jL/ M s[i0f Gof}kfg]

उमानाथ दाहाल
शिवसताक्षी नगर पालिका दूधे झापा

“ल छिटै गाई बाँधिसक्नु त साइँला भाइ! जौँ छठपूजा हेर्न ” आफ्नैँ आँगनको डिलबाट थलामा गाई बाँध्दै गरेको छिमेकी साइँलालाई हर्कप्रसादले सम्बोधन गरे।
“दाइ पनि के भन्नुहुन्छ ? साँझ पर्न लाग्यो अब कसले पूजा गरिदिन्छ हामीलाई देखाउन ?” कटेरा बाहिर निस्किदै साइँलाले भन्यो।
“साइँला भाइ अनभिज्ञ हुनुहुँदो रहेछ । बेलुका अस्ताउँदो सूर्यलाई नदीमा गएर अर्घ दिइन्छ नि छठपूजामा” हर्कप्रसादले बुझाए।
“हो र ? मलाई त यसबारे केही पनि थाहा छैन” साइँलाले अनभिज्ञता प्रकट गर्यो।
“हो नि पाठपूजा, भजन कीर्तन गरिन्छ। खोला किनारको शीतल वातावरणमा निकै रमाइलो हुन्छ” हर्कप्रसादले थप प्रष्ट्याए।
“ए तब पो दाइ जौँ भन्नु हुदो रहेछ” साइँलाले भनिसक्न नपाउँदै हर्कप्रसादले थपे ” बलेको आगो सबैले ताप्छन् भनिन्छ तर छठ एउटा मात्रै त्यस्तो पर्व हो जस्मा निभ्न लागेको आगोलाई पनि महत्व दिइन्छ”।