नेपालको संविधानका विशेषता र चुनौतीहरू

रामजी आचार्य

संविधान देशको मूल कानुन हो। संविधानमा सरकार सञ्चालन, नागरिकका मौलिक हक, नागरिकको कर्तव्य समेत स्पष्ट उल्लेख गरेको हुन्छ ।
नेपालको संविधान २०७२ नेपालको सातौँ संविधान हो। संविधान सभाबाट निर्मित यो संविधानमा राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकतामा जोड दिदै जनताको सार्वभौम अधिकार स्वायत्तता स्वशासनलाई महत्त्वपूर्ण रुपमा समावेश गरेको, समाजवाद उन्मुख नेपालको वर्तमान संविधान दुई तिहाइले संसोधित हुने लचिलो व्यवस्था छ । नेपालको वर्तमान संविधान केही अपवादलाई छाड्ने हो भने सैद्धान्तिक रुपमा लोकतान्त्रिक र समावेशी देखिन्छ ।


नेपालको संविधानमा शक्ति पृथकिकरणको सिद्धान्त अवलम्बन गरिएको छ। सरकारका तीन अङ्ग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका बीचको सन्तुलनलाई नेपालको संविधानले विशेष जोड दिएको छ । नागरिक सर्वोच्चता र समतामुलक समाज निर्माणमा जोडदिएको यो संविधानले जातीय तथा लैङ्गिक समनतामा जोड दिएको देखिन्छ ।राज्यको दायित्व, निर्देशक सिद्धान्त, नीतिलाई प्रभावकारी बनाउन संसदीय अनुगमन समितिको संवैधानिक व्यवस्था भएको वर्तमान संविधानमा कानुका जटिलता निरुपणका लागि संवैधानिक इजलास रहने व्यवस्था पनि गरेको छ।
नेपालको वर्तमान संविधान जनताद्वारा निर्वाचित जनप्रतिनिधिहरु सविधान सभाद्वारा बनाइएको हो । पहिलो संविधान सभाले संविधान दिन नसकेपछि दोस्रो संविधान सभाको निर्वाचन भयो त्यही दोस्रो संविधान सभाद्वारा २०७२ साल असोज ३ गते संविधान जारी भएको हो। नेपालको वर्तमान संविधानमा ३५ भाग, ३०८धारा, ९ अनुसुचिको प्रावधान गरेको छ। यी मध्ये वर्तमान संविधानका प्रमुख विशेषताहरू के–कस्ता छन् र कार्यान्वयनमा के–कस्ता चुनौतिहरु देखिएका छन् र यसतर्फ सम्बन्धित पक्षको ध्यानाकर्षण हुनु जरूरी देखिन्छ ।
१. नेपालको संविधानले राजकीय सत्ता र सर्वभौमसत्ता जनतामा रहने व्यवस्था गरेको छ।
२. यो संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई स्वीकार गरेको छ।
३. तीन तहको राज्य संरचना सङ्घ, प्रदेश र स्थानीय तहको व्यवस्था गरेको छ। सङ्घमा प्रत्यक्ष–१६५ र समानुपातिक–११० गरेर जम्मा–२७५ सदस्य रहने व्यवस्था रहेको छ।
४. यो संविधानमा सातवटा प्रदेशक‍ो संरचना स्वीकार गरेको छ। जसका सम्बन्धमा प्रश्नचिह्न खडा भएको छ ।
५. संविधानमा मिश्रित निर्वाचन प्रणाली स्वीकार गरेको छ। प्रत्येक्ष र समानुपातिक यो प्रावधान सवै वर्ग, क्षेत्र,लिङ्गलाई राखिएको भएता पनि कार्यनयन पक्ष भने आफ्नालाई संरक्षण गर्न ल्याएको जस्तो देखिन्छ ।
६. केन्द्रमा दुई सदनात्मक संघीय व्यवस्था प्रतिनिधि सभा र राष्ट्रिय सभाको व्यवस्था गरेको छ भने प्रदेशमा एक सदनात्मक व्यवस्था छ ।
७. अधिकार सम्पन्न स्थानीय तह,
८. दीगो शान्ति ,सुशासन ,समृद्धिलाई जोड दिएको ,
९. महिलाका सम्बन्धमा विशेष महत्त्व दिएको वर्तमान संविधानले अंश र वंशको अधिकार दिएको
१०. बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धा र नयाँ ढङ्गले संसदीय व्यवस्थाको प्रयोग भएको
११. धर्मनिरपेक्ष ,मौलिक अधिकार ,पूर्ण प्रेसस्वतन्त्रता ,स्वतन्त्र निष्पक्ष र सक्षम न्पायपालिका र कानुनी राज्य ,
१२. कार्यकारिणी अधिकार मन्त्री परिसदमा रहेको र प्रधानमन्त्री नियुक्त भएको दुई वर्षसम्म अविस्वास प्रस्ताव पेश गर्न नपाइने,
१३. पाँच सदस्यीय संवैधानिक अदालत सहित सर्वोच्च अदालत ,प्रत्येक प्रदेशमा उच्च अदालत र प्रत्येक जिल्लामा जिल्ला अदालत गरि तीन तहका अदालतको व्यवस्था रहेको ,
१४. एक सदनात्मक प्रदेश सभामा सङ्घमा प्रत्यक्ष निर्वाचित सदस्य सङ्ख्याको दोब्बर प्रत्यक्ष (त्यो सङ्ख्यालाई ६०५मानेर बाँकी ४०५ समानुपातिक प्रतिनिधित्व हुने व्यवस्था) त्यसको बहुमतले मुख्य मन्त्री निर्वाचित गर्ने र राष्ट्रपतिले नियुक्त गरेको प्रदेश प्रमुख रहने व्यवस्था ,
१५. कार्यकारिणी अधिकार सहितको गाउँपालिका र नगरपालिकासहितको स्थानीय तहको अवधारणा ,
१६. स्थानीय तहका निर्वाचित प्रतिनिधिद्वारा जिल्ला समन्वय समितिको निर्वाचन
१७. संविधानमा दुई तह बीच विवाद उत्पादन भए निराकरणका लागि अन्तरप्रदेश परिषद्को व्यवस्था ,
१८. अख्तियार अनुसन्धान, महालेखा,लोकसेवा ,निर्वाचन ,रा।मा।अधिकार ,वित्त ,रा.म आयोग,दलित ,समावेशी ,आदिवासी जनजाति ,मधेसी ,थारु,मुस्लिम जस्ता संवैधानिक निकायको व्यवस्था गरेको छ ।
यसरी नेपालको संविधानका थुप्रै सकरात्मक पक्षहरु भएता पनि कार्यन्वयन पक्षमा थुप्रै चुनौती देखिएका छन्। संविधान जारी भएको आठ वर्ष पूरा हुँदै गर्दा केही गम्भीर प्रश्नहरु उठेका छन् । धर्म निरपेक्षताका सम्बन्धमा असन्तुष्टि संविधान लागू हुँदा कै समयदेखि देखिन्छ, अहिले यो गम्भीर बन्दै गएको छ । सबैभन्दा धेरै असन्तुष्टि प्रदेश संरचनामा देखिन्छ । प्रदेश खारेजका माग उठ्न थालेका छन् ।
त्यसैगरी जिल्ला समन्वय समितिको औचित्यमाथि गम्भीर रुपमा प्रश्न उठेको छ । दुई वर्षसम्म अविश्वासको प्रस्ताव पेश गर्न नपाउने भनए पनि विश्वासको मत लिनु पर्ने अवस्थाले कानुनी जटिलता निम्त्याएको देखिन्छ । विभिन्न आयोगको व्यवस्था भएपनि प्रभावकारिताका सम्बन्धमा प्रश्नचिह्न खडा भएका छन्। जनताले एउटा राजा फालेर थुप्रै राजा पाल्नु परेको भन्दै वर्तमान राज्यव्यवस्थाप्रति प्रश्न उठाइ रहँदा कानुनमा देखिएका जटिलता हटाउँदै शासकीय स्वरुपका सम्बन्धमा सोच्नु पर्ने अवस्था देखिन्छ । यसतर्फ सम्बन्धित पक्षको ध्यानाकर्षण होस् । अर्थिक रूपमा वढी खर्चिलो संधिय सासनको संरचना सुधार गरेर प्रदेश र जिल्ला समन्वय समितिको उचित संयोजन गरी स्थानीय तहका कानुनी जटिलता हटाएर गणतन्त्रात्मक नेपालको संविधानलाइ सर्वस्वीकार्य र अपनत्व लिन सक्ने बनाउनतर्फ सबैको ध्यान जान सकोस् ।
सर्वप्रथम देशका लागि आफ्नो जीवनको आहुती दिने ज्ञात अज्ञात सहिदप्रति हार्दिक श्रद्धाञ्जली । आन्दोलनको क्रममा घाइते सहयोद्धाहरु प्रति उच्च सम्मान व्यक्त गर्न चाहन्छु । परिवर्तनका लागि विभिन्न मोर्चाबाट समर्पित सम्पूर्णमा हार्दिक नमन गर्दै संविधान दिवसको अवसरमा देश तथा विदेमा रहनु हुने सम्पूर्ण नेपाली दाजुभाइ ,दिदीबहिनी हरुमा हार्दिक मङगलमय शुभकामना ११ जयदेश, जय नेपाल ।

(लेखकः प्राध्यापक ज.आ.कलेज, गैँडाकोट–१५ नवलपुर र जनआन्दोलन–२ घाइते पनि हुन्।)