“पानी परेर”

सरिता पराजुली

स्कुल जान ढिला भयाे
पानी परेर
बल्लतल्ल भेटिन् छाता
गइन् अोढेर ।

पानीसँगै हावा चल्याे
छाता फर्कियाे
अाेत लाग्छु भन्दाभन्दै
पानी दर्कियाे ।

चुट्नसम्म चुट्याे आज
परिन् निथ्रुक्क
शिर पाउ भिज्दा उनी
भइन् भुतुक्क ।

किताब कापी भिज्याे भन्दै
घर फर्किइन्
आमासँग पनि आज
उनी झर्किइन् ।

कालाे निलाे अनुहार
देखिन् आमाले
पीर नगर छाेरीभन्दै
छाेपिन् मायाले ।