बिन्दु पौड्याल वस्ती
झमझम पर्यो पानी
अब कसरी जानी
छाता घरमै छैन
छत्रीले मात्रै ओत्दैन
पलास्टिक प्वाल परेछ
स्याखुको पात सरेछ
घुम किन्नु जानु छ
के गर्ने दोमन भको छ
छैन अहिले सजिलो
खर्च साह्रै बोझिलो
पहिले पानी परदा
जसोतसो चलाउॅदा
वल्लोपल्लो घर
फर्किदा भिज्ने डर
खोजी कर्कलो पात
राखी आफ्नै सिरमाथ
कहिले जुटको बोरा
ओढ्थे बाबु छोरा
घरमा के छ खोज
सानो मान्छे रोज
एउटै मात्र छाताको
आउने थिएन पालो
बेलैमा छाता नपाउॅदा
भाइको मुख कालो
सधैं पानी आउॅदैन
धेरै पिर लाउॅदैन
पानीमा घरै बसौँ
बिनाकाम नभिझौँ।
श्रोतः नेपाली बालसाहित्य