कुसेऔँसीको अबसरमा सम्पुर्ण पिताहरुमा समर्पित
राजन कार्की ( पाजु)
धरान -१३सुनसरी
वुवा सधैँ झैँ बिहान कामवाट फर्क़नु भो, खुइ्या काढ्दै दलानको खाटमा सुस्ताउनु भो ; आमाले फरियाको सप्कोले शिर ढाक्दै आम्खोरामा पानी राखिदिँदै भन्नुभयो, ” बस्नुस् खाना खान।”
बुवा आगनको पर्खालमा बसेर हात खुट्टा धुनु भयो र भित्र पस्नु भो। आमाले चौकामा ओच्छ्याएको कुँदेको काठको गोलो पिरा अगाडि खाना राखिदिनु भो ,बुवा धोती फेरेर खान बस्नु भो। यी सब म टुलुटुलु हेरिरहेँ।
बुवाले खाना खाँदा बस्ने पिर्का,खाना खाने थाल बटुका ,पानी खाने करुवा अलग थियो। जस्मा खाने हाम्रो अधिकार पनि थिएन ; र, चौकामा बसेर खान समेत पाईंँदैन थ्यो। बावुले नखाई हामीले खान पनि पाउँदैन थ्यौँ । यो आमाले राखेको अनुशासन थ्यो ,हाम्रो लागि।
एक दिन बिहान हामीलाई आमाले “खाना खान आओ” भनेर बोलाउनु भो। म चकित हुँदै खाना खान मझेरीमा बस्दै भनेँ- “खै त आमा आज त बुवा आउनु भा,छैन त!
आमाले भन्नुभो “आज बुवा ढिलो आउनु हुन्छ । “आमाले पैला बुवाको थालमा खाना पस्किनु भो र हामीलाई खाना पस्केर दिनु भो।
“बुवा आउन ढिला हुन्छ भन्नुहुन्थ्यो;तर खाना चैँ बुवालाई पनि पस्किनु भो त आमा !” छक्क पर्दै मैले जिज्ञासा राखेँ।
“तैलेबुझ्दैनस्,यस्ता कुराहरु। पछि ठुलो भएसी बुझ्लास्।”आमाले भन्नु भो ।
र आज म बुझ्दैछु आमाको त्यो संस्कार र पिताको महत्व!!!