“पुल”

सरु शर्मा

साना साना भाइ बैनी
साउन आयो हेर
वैशाख जेठमा नभएको
पानी भयो धेर ।

खोला नाला बाढी आए
तर्न भयो गा-ह्रो
स्कूल छ खोला पारी
पढ्न भयो गा-ह्रो ।

विकासका कुरा गर्छन्
काम गर्ने होइन
खोला माथि पुल बनाऊँ
भन्दा मान्या छैन ।

वर्षा याममा खोला तर्ने
तुईन चढ्ने काम
हुन्छ सारै डर लाग्दो
यति कुरा जान ।

भवितब्य बाट बच्न
ध्यान दिऊँ अहिले
मर्म बुझौँ विकास गरौँ
पुल बनाऊँ पहिले ॥