“पुसे खाजा”

123

रामप्रसाद पन्थी
रेसुङ्गा न पा २

बाबा आमा हामी पनि वनपाखा जाऊँ
परिवार रमाएर पुसे खाजा खाऊँ।

विदा पनि भएकाे छ सबै जनालाई
यस्तो माैका कमै मिल्छ हाे कि हैन दाइ ?

सानातिना भाँडाकुँडा हामी पनि बाेक्छाैँ
छेस्का छेस्की दाउरा नि हामी आफैँ खाेज्छाैँ।

आगाे बाली पकाउँला तरकारी खिर
सघाउँला हामी पनि छैन कुनै पिर।

बनाउने हाे कि आमा सेलरोटी पुरी
कति मिठाे हुन्थ्यो बाबा भएदेखि जेरी।

नाँचगान गर्नुपर्छ सबैजना मिली
हाँसीखुसी रमाउनु पर्छ दुःख भुली।

हुन्छ जाऊ नानी बाबु भन्नुहुँदा बाले
खुसी भई मैले पनि ताली पिट्न थालेँ।

जाने भए साथीभाइ सँगै मिली जाऊँ
सबै मिली हाँसी खेली पुसे खाजा खाऊँ।