रामप्रसाद पन्थी
रेसुङ्गा न पा २ गुल्मी
पुस्तक पढ्ने भएमा बानी मानव जनमा
कल्मष हटी ज्ञानकाे ज्याेति बल्दछ मनमा।
पुस्तक हाम्रो ज्ञानकाे स्राेत अथाह ज्ञान छ
प्रगति हुन्छ अवश्य पक्कै जसकाे ध्यान छ।
पुस्तक घर बलियाे पाराैँ मिलेर सबैले
समृद्ध पाराैं तन र मन दिएर धनैले।
हाेस्टेमा हैँसे मिलाऊ सब पुस्तक बढाऊँ
विद्याकाे दान पुस्तक भए निशुल्क चढाऊँ।
छाेरा र छाेरी पुस्तक घर पठाऊँ पढाऊँ
बालक सब पुस्तक पढ्ने उमङ्ग बढाऊँ।
फुर्सद भए पुस्तक घर गएर बसाैँ न
मनमा शान्ति आनन्द लिन कम्मर कसाैँ न।
गर्दैन काेही हिंसाकाे कार्य पुस्तक पढेमा
मर्दैन काेही पुस्तक साथ अगाडि बढेमा।
हुँदैन ज्ञान कहिल्यै बुढाे मर्दैन कहिल्यै
ज्ञानकाे धर्म ठूलाे छ मर्म बुझाैँ न अहिल्यै।
भाषा र धर्म संस्कृति बुझाैं संसार भरका
खाेजेर पढाैं अमर कृति पुस्तक घरका।
महत्व बुझाैँ मनमा गुनाैँ पुस्तक घरकाे
आर्जन गराैँ पुस्ताैँका लागि सम्पत्ति नरकाे।