“प्रसाद”

वसन्त पञ्चमी विशेष

राेशन पराजुली
बरगाछी,धरान्

“उठ अबेर भै सक्याे”! आङ्ग तान्दै सानेले आवाज नसुने झैँ गरि दिदी तर्फ हेर्याे। मनु मुसुँक्क मुस्कुराउँदै मायाका भावमा केही भन्दै थिई। उसले निमेसभरमै गालामा च्वाप्प म्वाई खायाे। उनले पनि निधारमा चुमिन्। “नानीहरु उठेनन् रमा”? छाेरा छाेरीका माया देखेर उनका आँखा रसाएका थिए। प्रतिउत्तरमा उनी श्रीमान् तर्फ फर्कदै, ग्वाम्म अङ्गालाेमा वेरिदै हिक्हिकाइन्! कस्ताे केटाकेटी झैँ भएकी तिमी पनि ? किन नहुनु ? उता हेर्नुस त, “सरस्वती देवीवाट प्राप्त हाम्रा गुरु दक्षिणा”