फर्सी फल्ने लहराे


डा छायादत्त न्यौपाने

धान राेपौँ छुपुछुपु
हिलाे माटोमा
काेदाे राेप्ने मकैबाेट
बिच बिचमा

भट्ट मास राेप्ने हाे
खेत आलीमा
बाेडी गहत फल्छ रे
पाखाे बारीमा

आलु गाजर पिँडालु
तरुल माटामा
खुर्सानी र भन्टा नि
आफ्नै बाेटमा

सिमी काँक्रा घिरौँला
थाक्रा थाक्रीमा
फर्सी फल्ने लहराे
चढ्छ रुखमा !