“फलफूल”

बिन्दु पौड्याल वस्ती

चितवनको घरमा
आँपलिच्ची बोटमा
दमैचरी हल्लिन्छे
सुपारीको बोटमा

कटरको रुखमा
झोलाजत्रै फलेको
टिप्न जान खोजेको
झन्नै म त लडेको

सानो सानो अनार
फल्छ हॅास्दै मुहार
टिपी खान काटेको
टम्म रस भरिएको

कटेरोको छेऊमा
भॅुईकटर फलेछ
त्यता हेरिरको त
आँप पनि झरेछ

अग्ला अग्ला रुखमा
पहॅेलो भै पाकेको
यस्तो मेवा खाएर
रोग सबै भागेको

पानी खान भनेर
धारातिर गएको
मिठो वास्ना चलाएर
रुखमै अम्बा पाकेको

बजारमा बसेर
बासी थोरै किनेर
फलफूल खाएको
मन खुसी नभको

अब छुट्टि हॅुदा
गाउॅ जान्छु म त
बाआमासॅग बसेर
रमाउॅछु है त ।।