“फुरूक्क”

पुण्य घिमिरे
बैतेश्वर-६, दाेलखा

पूजाकाेठा बाबा आमा, ताल घण्टकाे,
तुईँ तुईँ गावैं बिउँझाई, शङ्ख फुक्नुभाे ।
भान्सामा घट्याङ घुटुङ, भाँडा बज्दैछ,
गिलासमा ट्याङ टुङटुङ, चम्चा गर्दैछ ।

आवाजमै अड्कल गरें, खाना पाकेछ,
पिंडी आगन खेतबारीमा, घाम लागेछ ।
उठ उठ कति सुत्छाै, आमा आउनुभाे,
हरहर बास्ना आउने, दूध ल्याउनुभाे ।

मैले बल्ल थाहा पाएँ, म त अल्छी छु,
कुखुरी काँ कराउँदा नि, कती सुतेछू ।
विद्यालय जान हतार, उठें जुरूक्क,
हाँस्दै हाँस्दै पढ्न हिडें, सबै फुरूक्क ।