“फूलको प्रश्न”

106

कृष्ण बाउसे

सुगन्ध छरिरहेको हुन्थेँ ।
माटोमा झर्न पाएको भए
नयाँ बिरुवा बनेर
फेरि फुलिरहेको हुन्थेँ ।

भर्भराउँदो यौवनको मिठास लिन नपाउँदै
टिपेर मन्दिरमा पुर्यायौ
र हुर्यायौ मूर्तिको पाउमा मलाई ।
‘कसैका देवता खुसी हुन्छन् भने ठिकै छ’
भनेर सहिदिएँ ।

माला बनाउने भन्दै
धागोसहितको तीखो सियोले मुटुमै घोच्यौ
र बन्दी बनायौ मलाई ।
‘कसैको खुसीको लागि पीडा सहनु पनि धर्मै हो’
भनेर सहिदिएँ ।

तर,
हदै पारगरेर
सेलाएको भन्दै
फेरि किन मिल्कायौ मलाई नदी-किनारमा लगेर ?
र त्यसपछि
किन आफैँ थुक्न थाल्यौ मलाई
‘दुर्गन्धित फोहर’को विषेशणले आभूषित गरेर ?

मैले त
आफूसँग भएभरको सौन्दर्य
तिम्रै आँखामा पोतिदिएकै थिएँ त !
मैले त
आफूसँग भएभरको सुवासलाई
तिम्रै नाकमा घसिदिएकै थिएँ त !
तर त्यसको बदलामा
गर्नै नहुने कृत्य गर्दै
आफैँले समेत पिउने
र आफ्नै शिरमा चढाउने पानीलाई नै प्रदूषित पार्दै
तिमीले नै
पुर्यायौ मलाई दुर्गतिको यो खाडलमा ।
जवाफ देऊ
ए कृतघ्न मान्छे !
दिएका हौ तिमीले मलाई
मेरो
कुन अपराधको सजाय ?

(साभार : पर्यासाहित्य – सिद्धान्त र सिर्जना )