“फूल फुल्याे लाली गुराँस”

रामप्रसाद पन्थी
रेसुङ्गा न पा २ गुल्मी

तिमीसित गाउँवेसी गरेकाे
गाउँवेसी गरेकाे
भुल्थेँ किन मेलामा झरेकाे?

फूल फुल्याे लाली गुराँस
तिम्राे झल्को आइरन्छ मायालु
दिन रात हुन्छु उदास।

वनपाखा सँगै घाँस काटेकाे
सँगै घाँस काटेकाे
आउँछ याद रूमाल साटेकाे।

फूल फुल्याे लाली गुराँस
तिम्राे झल्को आइरन्छ मायालु
दिन रात हुन्छु उदास।

ऐंसेलु र काफल खाएर
काफल खाएर
सँगै डुल्थ्याै सालैजाे गाएर।

फूल फुल्याे लाली गुराँस
तिम्राे झल्को आइरन्छ मायालु
दिन रात हुन्छु उदास।

तिर्खाएकाे बाहाना पारेर
बाहाना पारेर
दिन्थ्याै दही ठेकाकाे सारेर।

फूल फुल्याे लाली गुराँस
तिम्राे झल्को आइरन्छ मायालु
दिन रात हुन्छु उदास।

जाडाे हुँदा हिउँद मासमा
हिउँद मासमा
आगाे तापी बस्दथ्याै साथमा।

फूल फुल्याे लाली गुराँस
तिम्राे झल्को आइरन्छ मायालु
दिन रात हुन्छु उदास।

दर्के पानी परेकाे बेलामा
परेकाे बेलामा
हात छाेपी तरेथ्याैं भेलमा।

फूल फुल्याे लाली गुराँस
तिम्राे झल्को आइरन्छ मायालु
दिन रात हुन्छु उदास।

जुनिभर हाँसाैला बाँचाैला
हाँसाैला बाँचाैंला
मर्नुपरे सँगसँगै मराैंला।

फूल फुल्याे लाली गुराँस
तिम्राे झल्को आइरन्छ मायालु
दिन रात हुन्छु उदास।