“फूल”

एकल यात्री
मन्थली १३ रामेछाप
हाल ,अफ्रिका कङ्गाे

“आहा! कति राम्रो ढकमक्क फुलेकाे फूल गमला देखी करेसाबारीसम्म ” श्यामले काैशीबाट देखाउँदै आमालाई भन्याे ।
हाे ? यति राम्रो फूल छन । यी कुनै फूल शिरमा कुनै फूल पाँउमा पर्छन् । कुनै फूल जन्ममा कुनै फूल मृत्युमा फूलकाे पनि आफ्नै महत्त्व आफैँले बुझ्न सक्दैन । यी बगैंचामा हजार फूल छन , तर उनकाे भाग्य अर्काेमा निर्भर हुन्छन । जुन हामी मानवमा निर्भर हुन्छ ।आमाले मुस्कुराउँदै भित्रबाट भन्नु भयाे । आमा पनि काैशीमा आउँनु भयाे कौशीदेखि बगैंचासम्म आँखा डुलाएर फूल हेर्नू भयाे । आमा ढकमक्क फूल फुलेकाे देखेर भावुक हुनु भयाे ।
श्यामले किन भावुक हुनु भएकाे आमा प्रश्न गर्याे ।
आमाले जवाफ दिनु भयाे ।
मान्छेले पाे नियम ,कानुन भुले त प्रकृतिले त आफ्नाे कर्तव्य पालान गरेको छ। “फूल जस्तै पवित्र मान्छेकाे मन फुल्नुपर्छ ।”