बाधा

प्रेम पुन मगर

“मलाई त तिमी नै बिजेता भएको हेर्न मन थियो। तर के गर्नु?” विश्वव्यापी वाद्यवादन प्रतियोगिताको उपाधि जितेको सागरले दिपकलाई देख्नेबित्तिकै भन्यो। दिपकले केही भन्नु अगावै फेरि उसले नै थप्यो।
” मेरो भन्दा तिम्रो क्षमता निकै उच्चकोटिको थियो। आर्थिक हिसाबले पनि मजबुत थियौ। तालिमको लागि तिमीले रकम तिरी दियौ र पो …। नत्र तिमीलाई कसले जित्न सक्थ्यो र?”
“यस्तो किन सोच्छौ सागर। तिमीले जित्नु पनि मैले जिते सरह त हो नि। के फरक पर्छ र? ” दिपकले यति भन्दै गर्दा उसको मनमा बिगत फनन घुम्यो र अझै गम्भीरतापूर्वक सोच्यो । ” जात र सामाजिक प्रथाहरुले हाम्रा प्रगतिमा किन बाधा पुर्याउछन्?”
त्यो समयमा सागरसँगै संगीत तालिममा भर्ना हुन जाने क्रममा उसलाई बुवाले यसरी रोकेका थिए।
“सारङ्गी र बाजा हाम्रो जातले बजाउनु हुँदैन।”