बानीका कुरा

बिष्णु उप्रेती

ओ हाे राम भाइ, आज त ढाकाटाेपी लाएर, निकै ठाँटिएर हिंडेका छौ त , किन हाे ?” न जाने झैं गरेर मैले साेधेँ।
अनि हजुरलाई थाहा छैन र, दाइ ? आज त टाेपी दिवस हाेनी। त्यसैले दिवसकाे उपलक्ष्यमा म पनि टाेपी लाएर आएकाे नि।” रबाफिलाे जबाफ दियाे केटाले।
“अनि हामी नेपालीको सान, मान, र पहिचानकाे कुरा ,बर्षमा एकदिन लाएर हुन्छ त भाइ ? मैले फेरि साेधेँ।
“सधैँ लाउनलाई त , बानी पनि  हुनु पर्याे नी त दाइ” आफ्नाे त बानी पनि छैन ,रहर पनि छैन । याे टाेपी के हाे, किन लाउनु पर्छ, भनेर न घरमा बाबुले कहिले सिकाए। न स्कुलमा सरहरुले सिकाए।
उल्टाे स्कुलमा त टाईसुट लाउन सिकाए। अझ टाेपी लगाउनेलाई त पाखे, काँठे गवार भनेर निरुत्साहित गराए । अनि कसरी बानी हुन्छ त दाइ ?”