राधा आचार्य
बुटवल,रुपन्देही
मलाई मनपर्ने
पोषणयुक्त खाना
आहा !कत्ति सुहाउने
जिउ ढाक्ने नाना।
भर पर्छु आमाबाको
म छु सानो सानो
मलाई पनि चाहिन्छ
ओत लाग्ने छानो।
रोग लागे ऐया! हुन्छ
मलाई पनि दुख्छ
उपचार पाएदेखि
मेरो घाउ सुक्छ।
सानो बालक भनेर
मार्न हुन्न इच्छा
मैले पनि पाउनुपर्छ
कामलाग्ने शिक्षा।
जाँगर थप्न स्वस्थ हुन
मैले खेल्नुपर्छ
झेल्छु बरु खेल्दाखेल्दै
जेजे झेल्नुपर्छ।