बाल बुद्धि!

115

सुरेशकुमार पाण्डे
दाङ घोराही १८

“नविन बाबु सुन न! बाहिरबाट कोही आयो र मलाई सोध्यो भने बुबा घरमा हुँनुहुँदैन भन है।-तिर्थराजले सानु पाँच वर्षको बालखलाई सम्झाउँदै भने। किन बाबा ?-नविनले बुझ्न खोज्यो। आज मलाई काम गर्न मनलागेको छैन्।- तिमीले यत्ति बुझ है। तिर्थराजले भने। हस्-उसले सटिकमा आश्वासन दियो। तर बाबा हजूरले झुट बोल्नु हुँदैन भनेर पनि त भन्नुभाको छ। त्यसलाई पनि त पालन गर्नुपर्छ नि।-नविनले निन्याउरो स्वरमा भन्यो। त्यो मैले भनेको कुरा सबै ध्यानसँग अक्षरस् पालना गर्नुपर्छ।-बुझिस् ? अब मलाई एकछिन आराम गर्न देउ तिमी आफ्नो मम्मी कहाँ जाउ ।-तिर्थराजले फेरि पनि नविनलाई सम्झाउँदै भने। “एकछिन पछि “टिङ -टिङ डोर वेल बज्यो। माम्मी म जान्छु बाबाले मलाई जान भन्नु भएको छ। विनालाई जान दिएन र नविन आफैँ गयो। बाबु तिम्रो बाबा घरमा हुनुहुन्छ ? नव आगन्तुकले सोधे। हुँनुहुँदैन! नविनले सटिकमा भन्यो। कहाँ जानुभाको छ – आगन्तुकले सोधे। आफ्नो रूममा; बाबाले भन्नुभाको छ। बाहिर कोही आए भने बाबा घरमा हुँनुहुँन्न भन है भनेर भन्नु भएको छ। उहाँलाई काम गर्न मन छैन अरे।-नविनले आगन्तुक तर्फ हेर्यो र मुस्कुरायो।