“बा”

कुशे औँशीमा बाहरूलाई सम्झदै

निर्मला बराल

आकाश झैं विशाल “बा” को छाती
क्षितिज झैं फराकिला काँध
जीवनभर बाेक्छन्
परिवारकाे अभिभारा
दिनरात बगाउँछन् पसिना ।
उन्नत बनाउँदछन् सन्तानको भविष्य
शुन्य बनी आफू
मूल्यवान बनाउँछन् सन्तानलाई
आकाशमा फैलिएका बादल हुन “बा”
दिन्छन् सुरक्षाका प्रत्याभूतिहरू
स्तम्भ झैं बलवान् “बा”
घरको जग बनेर उभिएका छन्
विचारकाे खानी मस्तिष्कमा लिई
हाम्राे जीवनरेखा काेदर्छन्
नदि झैं कन्चन
प्रेमकाे मीठाे सन्देश बाेकी
अविरल बगिरहन्छन् “बा”
घामसरि पाेखिएर
न्यानाेपन दिन्छन्
आकाश बनेर
चलाइरहन्छन् याे सृष्टि निःस्वार्थ
संसारकाे प्रेरणाको स्रोत
तिमी छाै र त “बा”
याे धर्ती छ।