बिचारा म


सरस्वती शर्मा छेत्री
छोटा रांगारुन चियाबारी
दार्जिलिंङ

बारीको कान्लामा बसेर म सोच्न थालेँ। गाॅउको जीन्दगी नै ठीक थियो, शहरको त्यो कहालीलाग्दो जीन्दगी, सोच्थे म
शहर गएर जीवन बदलिनेछ, राम्रो काम पाइन्छ अनि धेरै पैसा जोगाड़ गर्न सकिन्छ।
तर सोचेजस्तो सबै कुरा कहा हुन्थ्यो र।
ठूला भवनहरु, गाड़ीको भीड़, प्रदूषणले भरिएको त्यो शहर मेरो कल्पनाको ठीक बिपरित थियो।
शहरमा घर निर्माण गर्ने कार्यमा मैले काम पाए। दिनभरि ईटा बोग्दा ढाड दुख्ने, हातमा फोकाहरु उठ्ने साॅझ परेपछि सस्तो होटेलको साॅधुरो कोठामा लखरतरान भएर फर्किदा रून मन लाग्थ्यो।
देख्नु सुन्नु केही छैन, गाउँ सँग सम्पर्क नभएको पनि धेरै भयो।
एक दिन अचानक कामबाट घर फर्किदा गाउँको सम्झना आयो।
गाउँको शान्ति,हरियाली, चरा चुरुङ्गीको चिरबिर।
शहरले मेरो सपना पुरा गरेन तर मैले सिकेँ जीवनको वास्तविकता के हो।
मैले शहर छोडेर आफ्नै माटोमा मेहेनत गरेर पसिना बगाउने संकल्प गरे।
गाउँ फर्किॅदा सारा गाउँलेले मलाई देखेर भने – शहरबाट फर्किएछौ नि ! मैलै मुस्कुराउँदै भने – बिचारा म शहरको सपना देखेर धोका पाएँ। तर अब थाहा पाएँ खुशी यही छ।