“बिशेष”

हिमा आर.सी

” ए ! आयौ ! मेरा दुबै बहिनीहरू रोशनले आफ्ना बहिनीहरूलाई देखेपछि खुसी हुँदै भने। सिमाले भनिन् , “दाइ गाउँकाे उकालो बाटो हिंड्दै आएको कस्तो थकाइ लागेको छ कोठामा जाउन। ”
रोशनले उनीहरूलाई आफ्नो कोठामा लिएर गए । उनले सोफामा बस्दै भने , ” अनि मेनुका बाटोमा कतै अप्ठ्यारो त भएन नि ? ”


” के अप्ठ्यारो हुन्थ्यो र दाइ गाडीमा आएको बरु सिमालाई अप्ठ्यारो भयो कि ?” मेनुकाले भनिन् ।
सिमा बोल्न नपाउँदै रोशनले भने ।
“यसलाई के अप्ठ्यारो हुन्थ्यो ? मज्जाले हिंड्दै आउनेलाई ” रोशनको कुराले सिमालाई खल्लो लाग्यो ।
” ल , बहिनी पहिले राखी बाँधौँ अनि खाना खाउला ”
दुबै जनाले रोशनलाई पालैपालो राखी बाँधीदिए । रोशनले भने ।
” सिमा घरमा बढी खर्च भएको हुँदा । यसपटक तँलाई दिनलाई केही भएन । तेरो दिदी मेनुकालाई त्यत्तिकै पठाउ भने धनी घरमा गएकी एकजोर कपडासम्म दिन सकेनछ भन्छन कि ? भनेर उसलाई किनिदिएको मन नदुखा है ! ”
रोशनको यस्तो कुरा सुनेपछि सिमाले भनिन् ।
” दाइ आज राखी बाँध्ने बिशेष दिन भनेर आएकी थिएँ । तर होइन रहेछ यहाँ आउँदा बिशेष बनेर मात्र आउनुपर्ने रहेछ ?”