मचिन्द्र खत्री
शिशिरको प्रभावमा,फुल्न लाग्यो बूढो सिमल
प्रियसीको अभावमा फुल्न लाग्यो बूढो सिमल।
जताततै हल्लाउने उत्ताउलो चञ्चल गर्ने
पवनको बहावमा फुल्न थाल्यो बूढो सिमल।
केवल छ फुल्नु जीवन त्यसपछि भुवा हुँदै
झर्ने उड्ने लगावमा फुल्न थाल्यो बूढो सिमल।
दु:ख सुख यसरी नै शताब्दीयौ एवं रीतले
सिमलकै स्वाभावमा फुल्न थाल्यो बूढो सिमल।
नाङ्गिएर झ्याङ्गिएर प्रेममा ऋतु अनुसार
मिलनको यो ख्वाबमा फुल्न थाल्यो बूढो सिमल।