प्रेम पुन मगर
ढोरपाटन ४ बागलुङ हाल पोखरा
“चित्र कोरेर मात्रै हुँदैन नि नानी यसको नाम पनि लेख्नुपर्छ।” बाँदरको चित्र बनाइसकेर कापी पेन्सिल पाखा लाएर बसेकी सानी नातिनीलाई तिर्थबहादुरले भने।
“यसको नाम के हो जुबा ?” नातिनीले आफ्नै पारामा सोधिन्।
“बाँदर लेख।” उनलेे भने।
“ह्या ! कस्तो नाम हो बादर ? म त लेख्दिनँ। “उनले जिद्दी गरिन्।
” त्यसो भए लंगुर लेख।” उनले माया गर्दै भने।
नानीले उनको कुराको वास्ता नै नगरी इङलिसमा ( monkey ) मंकी लेखिन् र भनिन्।
“हजुरलाई यसको नामै नआउने रैछ नि। यसको नाम त मंकी हो।”
तिर्थबहादुर एकछिन सोचाइमा दुबे। त्यसपछि मनमनै गुने “हे भगवान! कस्तो जमाना आयो आफ्नो भाषा थाहा छैन इङलिस चैँ जान्नैपर्ने ?