भिखारी!

सुरेशकुमार पाण्डे

भगुवानको नाउँमा केहीदिनुस् !-भिखारीले एउटा सेठका अगाडि गएर हात थाप्दै भन्छ।’ देख्दा हट्टाकट्टा छौ। केही काम किन गर्दैनौँ? सधैँ मागिरहेका हुन्छौ!-सेठले हकार्दै भन्यो। साहेब मलाई कसले काम दिन्छ ?-उसले निरास भएर भन्यो।’ त्यो मलाई थाहा छैन। तर म व्यपार गर्छु सित्तैमा कसैलाई केही पनि दिँदिन। यदि मैले तिमीलाई भिख दिएँभने तिमीले मलाई के दिन सक्छौ ?-व्यपारीले सोध्यो।’ म आफैँ भिखारी; हजूरलाई मैले के दिन सक्छु? उसले उल्टै प्रतिप्रश्न तेर्छायो।’ त्यसोभए त्यो तिमीले जान; म हिंडे!-ऊ आप्नो बाटो लाग्यो।’ भिखारीलाई उसको कुराले मनमा चसक्क बिजायो। उसले सोंचिरह्यो। यो जिन्दगी लामू यात्रा हो सधैँ मागेर कसरी काम चल्छ। मानिसहरू भिख दिन आनाकानी गर्छन्, दिन छाडिसकेकाछन्। ऊ बैगैँचा तर्फ यस्तै सोंचेर घुमिरहेको थियो बगैँचामा विभिन्न थरका फूलहरू फुलेका थिए।

फूलहरूलाई देखेर भिखारीको मनमा नयाँ कुरा पलायो। उसले केही फूल टिप्यो र आफूले भिख मागेपछि आफूले पनि फूल दिनथाल्यो।फूल दिएर भिख माग्दा उसको काम राम्रो चल्यो। तर फूल सकिएपछि भिख पनि पाउँन छाड्यो। सञ्जोगले एकदिन उही व्यक्ति आयो। भिखारीले भन्यो साहेब म हजूलाई फूल दिन्छु तर हजूरले मलाई भिख दिनुपर्छ! सेंठले ऊ तिर पुलुक्क हेर्यो र खल्तीबाट केही पैसा निकाल्यो र भिख दिँदैभन्यो! “यार तँपनि मजस्तै व्यापारी बनिछस्।” भिखारीले फेरी कल्पना गर्यो उसको दिमागमा फूलको व्यापार गर्ने। अब म व्यापारी भएँ!- ऊ चिच्यायो र भन्यो।, मानिसहरूले उसलाई भिखारी बौलायो भन्ठाने। तर ऊ अब फूलको ठूलो बिक्रेता बन्यो। एकदिन फेरी उही सेंठ भेटियो। उसले नमस्कार गर्यो; ऊ सुट बुटमा सजिएको थियो। सेठले चिन्न सकिन। के हामी पहिले कतै भेटभएका थियौँ ?-सेठले सोध्यो।’ हजूर हामी आजभन्दा पहिले दुईपटक भेट भइसक्यौँ। सेठ आश्चार्य भएर सोंच्न थाल्यो।’ साहेब म उही भिखारी हूँ जसलाई हजूरले ठूलो व्यापारी बनाईदिनुभयो। सेठ उसको तरक्की देखेर खुसि भयो भिखारी!