“मंसिर”


शिव पुन

मीठो जाडाे महिना याे , आयाे मंसिर
न्याना लुगा नहुनेलाई , लाग्छ फेरि पीर।

न्याना लुगा साथी बने , घाम मीठो हुन्छ
जाडाेलाई सम्झेर , गरिब सधैँ रुन्छ।

जाडाे महिना आए पछि , फेरि उस्तै व्यथा
कहिले घाम लाग्छ भन्ने , छेपाराकाे कथा।

जाडाे मीठाे मंसिरकाे , सिरक हुनेलाई
जाडो के हाे थाहा हुन्छ , सधैँ रुनेलाई।

अहिलेकाे के जाडो , पाेहाेर अझै ठुलाे
न्याना लुगा पाए पछि , पाेहाेर उस्ले भुल्याे।

मंसिरकाे महिनामा बज्याे , लगनकाे बाजा
जन्ती सँगै घाेडा सवार , हिँडे दुल्हे राजा।

फलानाकाे विहे आज , भाेज निम्ताे आयाे
बुझ्नेले त भाेज खायाे , नबुझ्नेले पायाे।

रिण गरि खेत बेची , विहे सुहाएन
कमाउन नसक्ने भन्छ , दाइजो पाएन।

बीस वर्षे वैशमा नै , विहे गर्नु पर्छ
उमेर बढी भयाे भने , लगन फेर टर्छ।

प्रकृतिले पनि भन्छ , चाहिन्छ बच्चा
राेज्नु पर्छ जीवन साथी , हामीले सच्चा।