“महिना”

बिन्दु पौड्याल वस्ती

मेरो नाम महिमा
फरक नामले चिनाउन

वैशाख पहिले आउॅछ
नयॅा वर्ष मनाउॅछ

जेठ पनि आयो
बढी गर्मी भयो

धेरै वर्षा असारमा
खेतीपाती लगाउन

साउन महिना आयो
खुट्टा हिलाले खायो

भदौरे घाम लाग्यो
घमौराले सतायो

असोज पनि आयो
चाडपर्वमा रमायो

कात्तिकमा शित्तल
फूल फुल्छ मखमल

दाइको बिहे मङ्सिर
भोजमा को छुट्छ र

जाडो धेरै पुषमा
न्यानोसॅग सुतम

माघ महिमा आयो
पारिलो घाम लाग्यो

फागुनमा जाडो हराउॅछ
नयॅा पालुवा पलाउॅछ

बाह्रौको नाम चैत्र
बनाऊ अब गोल चित्र

बाह्र महिनाका बारै नाम
सम्झिराखे लाग्छ काम।