कविता “माघे पन्ध्र” By सारथि बाल पत्रिका - January 30, 2024 432 Share Facebook Twitter WhatsApp रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ पुसे पन्ध्र लमायो माघे पन्ध्र घमायो भन्नु अब परेन चिसाले जिउ कमायो पाहार तापी घाममा भाइले आसन जमायो किताब, कापी फिँजायो अनि कलम समायो हिजोभन्दा आज भाइ खुसी भयो, रमायो।