दुर्गा पौड्याल
शंकरनगर रुपन्देही
मेरो गोठ को छेउमा
लिचीको एउटा बोट छ
फागुन चैतमा फुलेर
जेठ महिनामा पाक्दछ।
बोटमा लिची पाकेको
देखेर सबै लोभिन्छन्
चरा माहुरी कमिला
सबै लिचीमा झुम्मिन्छन्।
चराले दाना ठुगेर
लिचीमा प्वाल पार्दछ
त्यही प्वालबाट माहुरीले
रस चुसी लिंदछ।
चुहेको गुलियो रसमा
कमिला ताँती लाग्दछन्
आहारा आफ्ना लिएर
सबै पर भाग्दछन्।
बाहिरी बोक्रा खोलेर
लिची खानु पर्दछ
बिचको गुदी चुसेर
गुठुली फाल्नु पर्दछ।