महेन्द्र मोक्तान ,
गैरीबास, कालेबुङ
“आमा! आमा!! मलाई दश रूपियाँ दिनुस् न”
स्कूल जान अघि छोराले भन्यो।
“के को लागि बाबु पैसा? बेकारको खर्च गर्नु राम्रो होइन।”
आमाले सम्झाइन्।
शिर निहुराएर उसले भन्यो-“हिजो मेरै कारणले साथीको ‘इरेजर’ हराको छ। आज किनिदिन्छु भनेर वचन दिएको छु।”
कुरा सुनेर उनी राँको भइन्-“लापरवाही कहिका! अरूको समान किन हराइदिनु पर्यो? आफू चाहिँ बजारको थोग मूल्यमा मोलतोल गरेर दश-बीस रूपियाँ बचाएर ल्याउँछु ! यस्तो बेहोसीपनाले कसरी हुन्छ?”
डराई डराई छोराले भन्यो-“अनि हिजो साँझ रेस्टुरेन्टमा खाना खाँदा बेरालाई एक सय रूपियाँ ‘टिप्स’ दिनुभयो त !”