“मृदुभाषा”

जमुना पंगेनी
स्याङ्जा वालिङ्

आज्ञाकारी प्रजा भएको प्रान्तमा घमण्डी राजाको शाशन थियो । दरबारिया सुखसयलमा राज गरेका उनी घाेडसवारका सौखिन हुनाले आफ्नो वाइपंखी घाेडा सबैभन्दा प्यारो मान्थे । विस्तारै घाेडा बुढाे र अशक्त हुन थालेपछि विकल्प खाेज्नुभन्दा अघि त्यसलाई कतै सुरक्षित राख्न चाहन्थे।


एकदिन राजाले आफ्ना प्रजालाई बाेलाएर आदेश दिदै भने :-यो मेरो प्राण भन्दा प्याराे घाेडा मरेको खबर सुन्ने हिम्मत मसंग छैन । यसलाई सबै मिलेर यति राम्रो पालनपोषण गर्नु कि यो कहिल्यै नमराेस् ।हरेक दिन यसकाे स्वास्थकाे जानकारी दरबारमा आओस् ,जसले घाेडा मरेकाे खबर ल्याउँछ त्यो मान्छेको मृत्यु त्यतिबेला नै मेरो हातबाट हुन्छ ।हरेक प्राणीको मृत्यु त निश्चित छ । राम्रो पालनपोषण गर्दागर्दै पनि एकदिन घाेडा मर्छ।अब काे जाने दरबारमा खबर लिएर राजाकाे हातबाट मर्न ।प्रजामा सन्सनी फैलिदै थियो यसैबिच एक बृद्ध बा अगाडि आएर भन्नु भाे म ९५ बर्षकाे यसैपनि मर्नेबेला भाे,लामो जिन्दगी भाेग गरिसकेँ , सकेछु भने बाँचेर आउँला नत्र राजाको हातबाट मरौँला भन्दै दरबारतर्फ लागे।
बृद्ध :- महाराज ! हजुरको घाेडाले न केही खान्छ , न केही पिउँछ । लगातार सुतिरहन्छ-सुतिरहन्छ ,हिजाेदेखि उठ्दै उठ्दैन के भयो होला महाराज !
राजा :- ए हो ? उसाे भए घाेडा मर्याे होला ।