मेराे जीवनकाे लक्ष्य

रामप्रसाद पन्थी
रेसुङ्गा न पा २ गुल्मी

विद्यालयमा नतिजा प्रकाशन तथा अभिभावक भेलाकाे निमन्त्रणा थियाे । कार्य वस्तता त छदै थियाे । दुईवटा कारणले समय निकाल्न बाध्य बनायाे । एक विद्यालयकाे अनिवार्य उपस्थित भइदिनुहुन व्यहाेराकाे पत्र । दाेस्राे छाेराकाे जसरी भए पनि आउनुहाेला है बाबा नत्र रिजल्ट पाइदैन । यसर्थ दुवै कारणलाई संवाेधनका खातिर विद्यालयमा उपस्थित भएँ ।


कक्षा ७ मा पढ्ने छाेराले डाेर्याउँदै कक्षा शिक्षक सामु पुर्यायाे । शिक्षकले मुसुमुसु हास्दै भने ” बधाई छ सर ।” साेचें छाेराले पढाइमा प्रगति गरेछ । शिक्षकले पुन: ठट्यौलीकाे स्वरमा भन्दै गए ” यहाँहरू कति भाग्यमानी अमेरिका पाे जाने हुनुभएछ ।” म बिलखबन्दमा परें । परदेशकाे `प´ पनि नसाेचेकाे मान्छे कसरी अमेरिका जाने ? मेराे जिज्ञासालाई मेटाउदै शिक्षकले प्रतिक्रिया जनाउँदै शिक्षकले भने ” लाै हेर्नुहाेस् त सर ।” उनले उत्तरपुस्तिका देखाउदै भने ” मेराे जीवनकाे लक्ष्य ” शीर्षकमा निबन्ध लेख्न दिएकाे बाबुले वैदेशिक राेजगारलाई जीवनकाे लक्ष्य बनाएछ । मैले मुटु अमिलो पारेरै प्रतिक्रिया जनाएँ ” शीर्षक अनुसारको विषय नै लेखेछ । शिक्षकले हत्त न पत्त जवाफ दिए ” मैले त्यस्ताे केही भन्न खाेजेकाे केही हाेइन सर।अन्यथा भए माफ पाऊँ। मैले त मात्र भन्न खाेजेकाे यी बाल मस्तिष्कमा विदेश शब्दले कति गहिराे प्रभाव पारेछ । यस्तै हाे भने नेपाल रित्तिने भयाे । देशले आफ्नो जनशक्ति पलायन हुनबाट कसरी बचाउछ ? ” उनकाे भनाइमा भविश्यप्रतिकाे गम्भीर चिन्ता थियाे । मैले आफ्नाे निरीहता जनाएँ ” के गर्ने सर , माहाेल नै यस्तै छ ।
विद्यालयबाट छुट्टिए पछि त्यस विषयले निकै भावुक बनायाे । समाज परिवर्तनका लागि राजनीतिमा लागेकाे म । मैले किन स्वदेशमा जनशक्ति टिकाउने नीति निर्माण बनाउन सकिनँ । के देश रित्याउनकै लागि मैले आन्दोलन गरेकाे थिएँ । हाेइन भने …! विद्यालयमा भएकाे कुराकानीकाे विषयले रातभर निद्रा लागेन । शिक्षकले दिएकाे ” बधाई छ सर ” ले छातीमा निकाे नहुने गरी गहिराे घाउ दिएकाे थियाे ।