विष्णु भण्डारी आचार्य
बेलबारी माेरङ ।
प्याराे लाग्छ मलाई मेराे मामाघर
मेरी आफ्नी आमाकाे जन्मघर
छुट्टि हुन्छ जब मामाघर जान्छु म
मामाघर जान पाउँदा खुसी हुन्छु म
मेरी आफ्नी आमाकाे जन्मघर
प्याराे लाग्छ मलाई मेराे मामाघर
प्यारा मेरा मामलका हजुरबा
प्यारी मेरी मामलकी हजुरमा
काँधमा बाेकि डुलाउने हजुरबा
मिठाे मिठाे खान दिने हजुरमा
मामासँग फूलबारीमा डुल्छु म
थरिथरि खेल्न पाइ भुल्छु म
कतिकति त्यहाँ त,डुल्ने ठाउँ
लाग्छ त्यही खेल्दै कुद्दै रमाउँ
राम्राे लाग्छ मेराे मामली गाउँ
खेल्न कुद्न पाउने रमाइलाे ठाउँ ।