“मेरी आमा”

Happy Mother's day image with mom, daughter and bouquet of flowers. Vector cartoon woman and kid character isolated on white background.

इशा कार्की
कक्षा ९
श्री महेन्द्रग्राम माध्यमिक विद्यालयमा
चानपा ८ सुडाल भक्तपुर

आमा जब मलाईअँगालो चाहिन्छ
तिम्रा ती नरम हात सधैं खुल्ला हुन्छ्न
तिम्रो मनले बुझेको हुन्छ कि जब मलाई
आमाको रूपमा साथी चाहिएको हुन्छ।

तिम्रो कोमल आँखा कठोर हुन्छ
जब मलाई केही कुरा सम्झनु पर्छ
तिमीले बुझिसकेकी हुन्छ्यौ कि मलाई
कुन रुपमा के कुराको आवश्यकता परेको हुन्छ।

तिमी हामीलाई खुसी बनाउन सधैं तयार हुन्छ्यौ
सन्तानप्रति तिम्रो माया निकै अनौठो छ
चन्द्रमा जस्तै तिम्रो मायाले
कठोर कुरालाई  सुन्दरतामा परिवर्तन गर्छ।

प्यारी आमा ,तिम्रो शक्ति र मायाले
मलाई उड्न पखेटा दिएको छ
मलाई तिम्री छोरी भएर
जन्मेकोमा गर्व लाग्छ।