“मेरी आमा”

तुलसी पण्डित

आमा मेरी कति जाती मर्म सबै बुझ्ने
मैँला कपडा देख्न हुन्न सबै ल्याइ धुने
भोक लागे भात दिने तिर्खा लागे पानी
पढ्नु मात्र पर्छ मैले भन्नु हुन्छ ज्ञानी।

कख पढ्ने स्कुलमा झोला तयार गर्ने
कापीकलम ठिकठाक तल बेशी झर्ने
भन्नु हुन्छ सधैँ भरी राम्रो सँग पढ
यश जश फैलाउनु छ सङ्घर्षमा बढ।

रोए पनि घिउ दिने मेरो आमा जाती
जति रोयो उति घिउ हुन्छ भात माथि
भोक लागे रुँदा पनि खाजा ल्याइदिने
घुर्की मात्र जनाएमा आफैँ खुवाइ दिने।

घुम्न मन लाग्यो मलाई भन्न हुन्न कैले
कैले गाउँ कैले शहर घुम्न पाउँछु मैले
शहरको मिठाइहरु जङ्गलको काफल
नपाएमा मैले पनि गर्न थाल्छु बबाल।

ममताकी मेरी आमा सबै कुरा बुझ्ने
कसैले केही भन्न हुन्न अश्रु पनि झर्ने
सधैँ भरी सन्तानमा उस्तै उस्तै माया
उनको देन अपार छ नबनोस छायाँ।