“मेरो प्यारो खुत्रुके”

रञ्जुश्री पराजुली

दसैं तिहार जस्ता चहाड
मलाई मन पर्छ
सक्रान्ती पुजाआजा
पनि मन पर्छ
निदारमा टीका लगाई
दक्षीणा दिन्छन् मनग्गे
खर्च धेरै गर्दिन


जतन गरि राख्द छु
खुत्रुकेमा छिराएर
जम्मा धेरै पार्दछु
आमा बाबा दाइ सबको
जन्मदिन याद राख्छु
त्यति बेला यस्लाई फोरी
पैसा झिकी गन्दछु
पोहर साल बाबालाइ
कलम उपहार टक्र्याँए
त्यपछी अर्को चोटि
आमालाई सौगात किने
अब पालो दाइको आउँछ
विचार गर्छु के दिउँ
पैसा जतन गर्ने बानी धेरै राम्रो
आमाबाबा सङ्ग नमागेको राम्रो
मेरो तीनवटा खुत्रुके छ
आमा बाबा भाइलाई
जन्मदिनको उपहार
त्यसैबाट किन्छु
यस्तो गर्दा उहाँहरु
खुशी हुनुहुन्छ
प्यारी नानी भन्दै मलाई
माया धेरै गर्नु हुन्छ
रञ्जुश्री पराजुली।