रमेश प्रभात,
चितवन
हिजो हाम्रो घरमा
मामा माइजू आउनु भो
मेरो लागि भनेर
सानो पप्पी ल्याउनु भो ।
सुरुमा म डराएँ
फेरि मन पराएँ
उसैसँग खेलेर
सानो साथी बनाएँ ।
म दौडँदा कुद्छ त्यो
म रोकिँदा रुक्छ त्यो
मलाई एकछिन नदेख्दा
बोलाउँदै भुक्छ त्यो ।
जिम्मी भनी डाक्छु म
खेल्छु अनि थाक्छु म
मेरै छेउमा बस्छ ऊ
काखमाथि राख्छु म ।