“म नि सँगै जान्छु”

पुण्य घिमिरे

पानीलाई साेधें,तिमी कहाँ जान्छाै?
बग्दै उसले भन्याे, सागरमा जान्छु ।
हावालाई साेधें, तिमी कहाँ जान्छाै?
जहाँतहाँ जान्छु,पहाड ठक्कर खान्छु

घामलाई साेधें, तिमी कहाँ जान्छाै?
पूर्वबाट आउँछु, पश्चिमतिर जान्छु ।
फूललाई साेधें, तिमी कहाँ जान्छाै?
ढकमक फुली, फली भूईँ जान्छु ।

तारालाई साेधें, तिमी कहाँ जान्छाै?
रातभर टिलपिल, दिन आराम गर्छु ।
बटुवालाई साेधें, तिमी कहाँ जान्छाै?
पाईला चाल्दै चाल्दै, गन्तव्यमाजान्छु।

पानी फूल हावा, जे जे दिन्छाै खान्छु,
बटुवा घाम तारा, अर्ति देऊ मान्छु ।
तिमीहरू गएपछि, म त एक्लाे ठान्छु
साथी ठान मलाई, म नि सँगै जान्छु ।