“यथार्थ”

205

अनन्त कुमार बस्नेत

सम्साँझमा दीपक सल्किँदैछ ।
लाग्दैछ यो जीवन ढल्किँदैछ ।।

छोडी धरा दूर युवा गएछन् ।
स्वार्थी बिरालो घर पल्किँदैछ ।।

बस्छन् यहाँ बालक बृद्ध मात्रै ।
एक्लोपना भावन झल्किँदैछ ।।

नाघेर सीमा परचक्र आयो ।
यौटा खुँडा टल्टल टल्किँदैछ ।।

बाँझो छ टारी खलियान खेत ।
चौतर्फ झाडी सिरु हल्किदैँछ ।।

भत्केछ सामाजिक रूपरेखा ।
बल्दैछ आगो भुस सल्किँदैछ ।।