उषा गुरुङ्ग
किन किन म हिजोआज यो गर्मीलाई फरक देख्छु। बाल्यकाल , युवाकालमा पनि यही सूर्य यही तातो घाम नै थियो। यहाँ प्रकृतिको फेरबदल भनेको मौसममा उताढचढाव मात्र हो।
उस बेला अहिलेको जस्तो कुनै सुविधा थिएन। न बिजुली नै थियो न कङ्क्रिटको घर। थियो त माटोको घर , टुकी लालटिन एउटा हाते पङ्खा बस्। स्कुल बिदाभएको दिन पिपलको रूखमुनि दिनभर बसेर नै बित्थ्यो । आनन्दले नै बित्यो । तातो घाममा छाता नओडी ट्युसन पढन गइन्थ्यो।
दिन त्यसरी पनि बितेको थियो। हाँसखेलमा नै बितेको थियो। प्रत्येक जाडो गर्मी आफनै ढङ्गले बिते।
त्यही गरम आज यो बुढेसकालमा निकै गारो महशुस हुन थालेको छ । किन यस्तो भएको होला कुन्नी । बिना पङ्खा सास धान्न कठिन भएकोछ। अचम्म लाग्छ हिउँदका दिन लागे पनि गर्मीले नछाडने रहेछ। सूर्य कर्कट मा होस् वा मकरमा के हो बुझ्न गारो भो।