सुरेशकुमार पाण्डे
दाङ घोराही
तिमीहरू भविष्यमा के बन्न चाहान्छौ ?- नविनले ट्यूशन पढ्न आएका बालखहरूलाई सोध्यो। म पाइलट बन्न चाहान्छु।-रविले तुरून्तै भन्यो । राहुल तिमी ? “सर ! म डाक्टर, रकेश तिमी ? मलाई त किसान बन्ने मनछ।-प्याच भन्यो। उसको कुरासुनेर अरू खित्का छाडेर हाँसे। फेरि तँ किन पढ्छस् हलो जोत्नलाई पनि पढ्नुपर्छ र ?-रविले गिज्याउँदै भन्यो। होनी किसानले त गाई भैंसी पाल्ने काम पो सिक्नुपर्छ।-राकेशले राहुलको कुराको समर्थन गर्दै भन्यो। यही साघूँरो सोचले त देशमा उन्नति तरक्की हुनसकेन् त। अहिले किसानहरूले गहन अध्यायन गर्नुपर्छ। विदेशी किसानहरूले वर्षमा छ पल्ट भित्राउँने गहुँको उन्नतः फसल पत्ता लगाए। हाम्रो देशमा कृषि प्रधान भएर पनि अनिकाल पर्छ। जो हामीसँग छैन त्यसको रहर गर्छौँ तर जो हाम्रो ओरिपरी प्रसस्तै छ त्यसलाई व्यबस्थित गर्न सक्दैनौँ र बेव़ास्था गर्छौँ।-राकेशले चारैतिर नजर घुमाउँदै भन्यो। स्याबास तिमीले अवश्य केही गर्छौ ?-नविनले ताली बजाउँदै भन्यो। रवि र राहुल भने ट्वाल्ल परे ।