“रहर”

सरु पनेरु

पल्लो घरकी काकीले पिनी मास गइन
आँट गरी गएँ म नघुमाई त भइन

आफूसँग क्षमता भए जस्तो कति नै
फनफन घुमाउन लाग्यो रहर अति नै

देखेको थेँ आमाले अन्न पिस्दा जाँतोमा
हिंड्छ क्या हो खुरुरु समाएसी हाताेमा

सुस्त सुस्त हाँसेर गएँ आमा नजिक
पोखिन्छ यो अन्नपात हात हालेर नझिक

मन मनै सोचेर आफैँ समाई रिँगाउन
ठोक्किएर जाँतो मै पर्यो आँखा भिजाउन।