सुरेशकुमार पाण्डे
दाङ घोराही
छोरा बिदेश गएको छ। बुहारी र नाती मात्रैछन्। तिनीहरूलाई एतै बोलाउ सँगै पकाउँला मिलेर खाउँला !- कुसुमले आफ्नी श्रीमती मैयासँग भने।’ आज घरमा खिर पाक्दै थियो एउटा डिब्बामा नातिलाई खिर राखेका थिए। ‘बुढा ! हजूरको कुरा त ठिक हो; तर बुहारी मतिको बानी गतिलो छैन् । मुखमुख लाग्छे बोलाएर कतै बोलाईफासो नहौस् नि !-मैयाले चेताउँछिन्।’ मैया तिमीलाई पनि सबै खराब देखिन्छन् । आफु ठिकभए सबै ठिकहुन्छन् । मलाई नातिको मायाँ लाग्छ, बिचरा माटोमै खेलेको देख्छु स्यारसुसार भएको पनि देख्ददिन! – कुसुमल निरासहुँदै भन्छन्। त्यही त भनेको केही कामछैन एउटा बालखको स्यारसुसार नगर्नेले हाम्रो सेवागर्छे ?-मैयाले प्रश्न गरिन।’ दुईजनाको छलफलपछि मैयाले बुहारीलाई आफुसँग डाक्छिन् । बुहारी मती पनि खुसी हुन्छिन् । केही दिन राम्रै चल्छ। बुहारी अब हामी कति बाचौँला यस्तै तिम्रो स्यारसुसार पायौँभने अली उमेर बढ्छहोला। अब तिमी यतैबसी राख!-मतीले गरेको सेवाले प्रभाबित भएर कुसुम भन्छन्। मैले त सेवामात्रै त होला गर्ने!-मतीले निदार खुम्चाउँदै ठाड्ठाडै भनी।’ हाम्रो सेकपछि यो सम्पती तिम्रै त होनी बुहारी!-कुसुमले यताउता नियाल्दै भने।’ खै हजूरको मृत्युपछि कति दाबेदार आउँनेहुन? जिवित छँदै मेरो नाममा यो घरबार गर्दिनुहुँन्छ भने बल्ल बस्छु म त !-बुहारीले प्याच्च मुखखोली।’