“विद्यालय विद्यालयमा बालसाहित्य सिर्जना” अभियान”

183
उद्धवप्रसाद प्याकुरेल
सचिव, बालसिर्जना मञ्च, नेपाल
बालसिर्जना मञ्च, नेपाल र श्री सरस्वती मा.वि टाेखा ३ काे आयाेजनामा आज मिति २०८० भाद्र ०९ गते श्री सरस्वती मा.वि टाेखा तीनमा “विद्यालय विद्यालयमा बालसाहित्य सिर्जना” अभियानकाे नवौँ शृङ्खला सम्पन्न भयाे । ४२ जना बाल स्रष्टा, शिक्षक र विद्यर्थी वि व्या स सहभागी साे कार्यक्रम सरस्वती मा वि टाेखाका प्रधानाध्यापक श्री अर्जुन श्रेष्ठले अध्यक्षता गर्नुभएकाे उक्त कार्यक्रमकाे सञ्चालन छात्र छात्रा द्वय नितेश बि.क. र साेनु नेपालीले गर्नुभएकाे थियाे ।
उक्त कार्यक्रममा ३५ जना बालबालिकाले आफूले सिर्जना गरेका बालकथा वाचन गर्नुभएकाे थियाे । साेही क्रममा बालसिर्जना मञ्चका पदाधिकारी, हरि खनाल,उद्वव प्याकुरेल, हरिभक्त पाैडेल, हरि प्रसाद चाैलागाइँ, बिनुबाबा घिमिरे, दुर्गा रिमालले आआफ्नाे सिर्जना वाचन गर्नुभएकाे थियाे । कथा वाचन गर्नुहुने साेही विद्यालयका बालबालिकाहरूमा कक्षा ५ बाटश्रृष्टि रावल अनिता श्रेष्ठ, सिर्जना पुरी, सुविन गुरूङ, अस्मिता राेकाया, कक्षा ६ बाट अनिता शाह, राेशिका चैधरी,सुजता तामाङ, आशिका माेक्तान, राघव थिङ तामाङ,वर्षा तामाङ, एलिना तामाङ, रागिनी कुमारी साह, याङ्जिन स्याङतान, साैरव खतिवडा, साक्षीका अधिकारी थिए । यसै गरि कक्षा ७ बाट दावा माेक्तान, रेस्मिता बस्नेत,एलिसा श्रेष्ठ, अरुणा पुन, साेनु नेपाली, सुनिल नेपाली, प्रशान्त खड्का, इकिसा डंङ्गाेल हिमानी लामिछाने, दिपक शर्मा कक्षा ८ बाट सरस्वती नेपाली, एन्जिला नेपाली, एलिसा बराल, सपना साह, निसान बि.क., किशाेर फुँयालले वाचन गर्नुभएकाे थियाे । कथाहरू लेखन र वाचन उत्कृष्ट थिए। यही विद्यालयका इन्चार्ज देवराज सिम्खडाबाट विद्यार्थीलाई कथा लेखन प्रशिक्षण दिनुभएकाे थियाे । कार्यक्रममा अध्यक्ष एवम् प्र अ. अर्जुन श्रेष्ठबाट विद्यार्थीलाई बालसाहित्यका पुस्तक वितरण र कार्यक्रमकाे महत्व प्रकाश पार्दै कार्यक्रम समापन गर्नुभयाे ।