“विद्वत्ता उपर कहिल्यै घमण्ड नगरौँ”

170

यमनाथ पौडेलको फेसबुक वालबाट

थकित भएर विद्वान् कालीदास एउटी महिलाकाे आँगनमा पुग्छन्।
कालीदास :- ए हजुर, मलाई धेरै प्यास लागेको छ, पिउने पानी दिनुहाेस् न।
महिला :- म तिमीलाई चिन्दिन, पहिला आफ्नो परिचय देऊ। म अवश्य पानी दिन्छु।
कालीदास :- म यात्री हुँ।
महिला :- तिमी यात्री कसरी हुनसक्छौ? यात्री त केवल दुई मात्र छन् – सूर्य र चन्द्रमा, जाे कहिल्यै राेकिन्नन्, हमेशा चलिरहन्छन्। साँचाे बताऊ, तिमी काे हाै?
कालीदास :- म पाहुना हुँ।
महिला :- तिमी पाहुना कसरी हुन्छौ? संसारमा दुई जना मात्र पाहुना छन्। पहिलाे धन र दाेस्राे यौवन। यिनीहरूलाई जान समय लाग्दैन। भन काे हाै तिमी?
कालीदास :- म सहनशीलता हुँ। अब त पानी दिनुहाेस्।
महिला :- नाईँ, सहनशीलता त दुई मात्र छन्। पहिलाे, धर्ती जो पापी – धर्मात्मा सबैकाे बोझ सहन्छिन्, जसको छाती चिरेर बीज राखिदिँदा अन्नकाे भण्डार दिन्छिन्। अनि, दाेस्राे हाे रूख जसलाई पत्थरले हिर्काए पनि मिठो फल दिन्छ। साँच्चै भन त काे हाै तिमी?
कालीदास :- म हठी हुँ।
महिला :- फेरि असत्य। हठी त दुई मात्र छन्। पहिलाे नङ र दाेस्राे केश। जति काटे पनि फेरि फेरि निक्लिरहन्छन्। सत्य बाेल, काे हौ तिमी?
(कालीदास आफूलाई अपमानित र पराजित महशुस गर्दछन्)
कालीदास :- त्यसाे भए म मूर्ख हुँ।
महिला :- हाेइन, तिमी मूर्ख कसरी हुनसक्छौ? मूर्ख त दुई मात्र छन्। पहिलाे शासक जो विनायोग्यता पनि सबैलाई शासन गर्न सक्छन् अनि दाेस्राे उसका सल्लाहकार जो शासकलाई प्रसन्न बनाउन उसका गलत क्रियाकलापलाई पनि तर्क दिएर सही सिद्ध बनाउने चेष्टा गर्छन्।
(उत्तर दिँदा दिँदा हैरान बनेका कालीदास केही बोल्नै नसक्ने भए। आफ्नाे फरक फरक परिचय दिएका कारण उनी महिलाकाे गाेडा समाउँदै याचना गर्छन्। )
कालीदास: म कालीदास हुँ।
महिला :- उठ कालीदास। खासमा म सरस्वती माता हुँ।
(आवाज सुनेर माथि हेर्दा त साक्षात् माता सरस्वती त्यहाँ हुनुहुन्थ्यो।)
माता सरस्वती :- शिक्षाबाट ज्ञान आर्जन हुन्छ न कि अहंकार। तिमीले शिक्षाकाे बलमा प्राप्त गरेको मान र प्रतिष्ठालाई आफ्नो उपलब्धि मान्याै र अहंकारकाे सिँहासनमा बस्यौ। यसैले तिम्रो चक्षु खोल्नकाे लागि मैले याे नाटक गर्नुपर्यो।
कालीदासलाई आफ्नो गल्ती महशुस हुन्छ र अन्ततः पानी पिएर प्यास मेटाउँछन्।
त्यसैले :-
विद्वत्ता उपर कहिल्यै घमण्ड
नगरौँ, घमण्डले विद्वत्तालाई नष्ट गरिदिन्छ।