शहिदकाे माग

142

टीकाराम जाेशी
इमाडाेल

“हे धर्मराज ! हामीलाई नपठाउनुस् मर्त्यलाेकमा । हामीलाईँ जाने मन छैन। ”
“हैन ! म तिमीहरुलाई जानबाट राेक्न सक्दैन। किनभने हाम्राे पुर्व निर्धारित वार्षिक कार्यक्रम अनुसार तिमीहरुलाई श्राद्धकाे बेला मर्त्यलाेकमा नपठाई हुँदैन। तिम्रा आफन्तहरुले तिमीहरुकाे श्रद्धाका साथ सम्झना गरेपछि हाम्रो स्वचालित प्रणालीले मर्त्यलाेकमा पठाई हाल्छ।”
” हे धर्मराज ! आजलाई जसरी भएपनि हामीलाई मर्त्यलाेकमा जानबाट राेक्ने व्यवस्था गर्नुहाेस्। बिन्ती छ। ”
“किन र? ”
“आज हामीलाई आफन्तहरुले बाेलाएकाे हैन। माघ साेह्रमा शहिद दिवस भनेर हामीलाई राष्ट्रले सम्झना गरेकाे हाे । आज हाम्रा तस्वीरमा जनताका अगुवाहरुले माल्यार्पण गर्नेछन्। हाम्रो बलिदानीकाे गुणगान गर्नेछन्। बालबालिका,बृद्ध बृद्धा बिरामी हरुलाई फलफूल,खाना बाँड्नेछन्।”
“याे त सरकारी निर्णय बाट गरिने सामुहिक श्राद्ध नै भाे। हाम्रो प्रणालीले यसलाई श्राद्ध नै बुझ्छ।”
“हाेइन !याे श्राद्ध होइन। हेर्नुस् जनताकाे दशा । आफ्नाे देशभन्दा विदेशलाई माया गर्न बाध्य भएकाे जनता । उत्पीडित जनताले श्राद्ध कसरी गर्न सक्छ ? अहिले यिनीहरुलाई हेर्दा हामीलाई मृत्युवरण गर्दाखेरिकाे पीडा भन्दा बढी पीडाकाे अनुभव हुन्छ । “