फेसबुक कवि
फूल फुल्छ डाँठमा,
म फुल्दछु पातमा ।
तारा फुल्छ रातमा,
ठेला फुल्छ हातमा ।
फूल आफ्नै रङ्गकाे,
शीत थापा ढङ्गकाे ।
पात फक्री फुरूङ्ग भाे,
सारा धर्ति दङ्ग भाे ।
किरण प्रभातमा,
सप्तरङ्ग साथमा ।
रङ्ग बल्याे मातमा,
फूलै फूल पातमा ।
फूलपात मेराे पात,
फूलडाँठ मेराे डाँठ ।
फूलसँग मिठा बात,
म आउँछु पातपातै ।
दाेलखा ।