केशवराज अधिकारी
एक भन्दा दुई ठूलो दुई भन्दा तीन
“जिरो जाबो”भनी हेप्ने सुन्यलाई किन।
शून्य मेरो नाम तर कोही भन्छन् जीरो
मै जिरो नि मौका मिल्दा बन्ने गर्छु हिरो।
मै हुँ भन्नेहरू यहाँ पर्छन् अलमल
सानोलाई माथी लान्छु,ठुलोलाई तल।
नौ ले फूर्ती गर्न थाल्यो भन्दै पाजी जीरो
एक सङ्ग अघि लागेँ म त भएँ हिरो।
नौ ले लग्यो गुडाउदै राख्यो अघिल्तिर
कुरा गर्छ ठुला ठुला ठाडो गर्दै सिर।
घमण्डको सेखी झार्न सक्छु म हुँ जीरो
गुड्दै नौको पछि लागेँ म त भएँ हिरो।
फकाउदै आठ आयो लग्यो आफै तिर
उस्कै अघि लागेँ अब मलाई के को पिर।
आठ बाट असी बन्यो कमाल् गर्छ जीरो
नब्बेलाई नौ मा झारेँ म त भएँ हिरो।