श्रेय

76

कमला पन्थी अधिकारी
कलंकी काठमाडाैं

ओहाे राेहिणी सर पाे हुनुहुँदाे रहेछ ! मैले त झण्डै नचिनेकाे । ए!आज त टाेपी दिवस रे नि ! त्यसैले टाेपी लगाएकाे नि । त्यही त सबैले त्यसै भन्छन् । आफू त सधैंभरि टाेपी लगाउँछु ,दिवस हाेस् कि नहाेस् । लगायाे हिंड्याे । आफ्नाे शिरपाेषले, पहिचान , मान- सम्मान सबैकाे प्रतिनिधित्व गरेकाे छ जस्ताे लाग्छ मलाई त सर ! पूर्ण रूपमा राष्ट्रिय पाेशाक लगाएर हिड्न नसके पनि टाेपी भने सधैं लगाउनु पर्छ भन्ने मेराे मान्यता रहेकाे छ। याे त शिरकाे ताज , हाम्राे कवच तथा पुर्खाकाे धराेहर हाे । टाेपी शिरमा धारण गरे पछि भित्रैदेखिआत्मगाैरव र आत्मसम्मान बढेकाे अनुभव हुन्छ । आनन्द सरका कुरा सुने पछि राेहिणी सर अलि भावुक देखिए । ओहाे सर! याे दिवस र देखावटी मात्र हाेइन। हजुर हामीले मिलेर याे कुरालाई निरन्तरता दिई व्यवहारमा उताराैँ । टाेपी दिवसकाे दिन मात्र शिरमा टाेपी ढल्काएर आफूलाई सभ्य मान्न खाेज्ने राेहिणी सरकै मुखबाट यस्ताे सकारात्मक कुरा सुन्न पाउँदा आनन्द सरलाई साँच्चिकै आनन्द भयाे । भाेलि नै बैठक बेालाएर कम्पनीका सबै कर्मचारीले कार्यालय आउँदा अनिवार्य ढाकाटाेपी लगाउन पर्ने नियम पारित गरियाे । भाेलिपल्टदेखि कार्यान्वयन भयाे । यस्ताे राम्राे कामकाे सुरुवातकाे श्रेय चाहिँ आनन्द सरलाई जान्छ भनी सबैले मुक्त कण्ठले उहाँकाे प्रशंसा गरेे ।